काठमाडौँ ।
आज देशभर, विशेष गरी काठमाडौँ उपत्यकामा गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा गाईझैँ सजिएका व्यक्तिहरूको नगर परिक्रमा गरिन्छ। राजा प्रताप मल्लको पालादेखि चलिआएको परम्परा अनुसार हनुमानढोकाबाट गाईजात्रा सुरु हुने चलन आज पनि कायम छ।
पर्वमा हास्यव्यङ्ग्य, नाचगान, झाँकी प्रदर्शन गरिँदै सामाजिक विकृति–विसङ्गतिमाथि व्यङ्ग्य गरिन्छ। पाटन र ठमेलमा देखाइने विशेष प्रदर्शनीहरू दर्शकको मुख्य आकर्षण बनेका छन्। नेवार समुदाय बसोबास भएका अन्य सहरहरूमा पनि पर्व उल्लासपूर्वक मनाइँदै छ। काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ।











प्रतिक्रिया