काठमाडौं।
सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका-२ चाँदनी चोकस्थित सडकमा बाग्लुङबाट झापातर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४५६० नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय बुदुर चौधरीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ खुम्चेरीस्थित सडकमा लु.प्र.०१-००१ त ७८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सल्यान दार्मा गाउँपालिका-५ भट्टेनी बस्ने २८ वर्षीय बुद्धिमान खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका-६ कुमारी चोकमा देउरीबाट मुर्कुचीतर्फ आउँदै गरेको स.५ प ७० नम्बरको स्कुटरबाट खसेर स्कुटरमा सवार सिराहा सुखीपुर नगरपालिका-८ बस्ने ५८ वर्षीया गंगिया देवी साह सुडीको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्कुटरबाट खसेर गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
कास्की, पोखरा महानगरपालिका-३० खुदीस्थित सडकमा ग.७ प ८८५० नम्बरको मोटरसाइकल र ग.८ प ३८७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ग.७ प ८८५० नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन मल्ल र ग.८ प ३८७१ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय खेम बहादुर गुरूङ रहेका छन् । शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका जीवनको प्रादेशिक जनरल तथा सरूवा रोग अस्पताल शिशुवामा गएराति मृत्यु भएको हो भने खेम बहादुरको गण्डकी मेडिकल कलेजमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ग.७ प ८८५० नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकमा को.२२ प २१२५ नम्बरको स्कुटर र प्रदेश.१ -०२-००२ ख ०४५५ नम्बरको बस एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक झापा बिर्तामोड नगरपालिका-५ बस्ने २७ वर्षीय सुजन विक र स्कुटरमा सवार २३ वर्षीय सुरज विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया