पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, समायोजनमा बेवास्ता


काठमाडौं ।

पर्वत जिल्लाका सातवटै स्थानीय तहमा रहेका ३१ सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य पुगेको छ। शिक्षा समन्वय एकाइ पर्वतका अनुसार अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका छन्।

विद्यालयमा विद्यार्थी नभए पनि समायोजन प्रक्रिया सुरु गरिएको छैन। कुश्मा, फलेवास, मोदी, जलजला, विहादी, पैयूँ लगायत पालिकामा रहेका यी विद्यालयमा शिक्षकलाई राखेर तलब दिइँदै छ, जसले राज्यको बजेटको दुरुपयोग भएको स्थानीयले बताएका छन्।

जनप्रतिनिधिले राजनीतिक कारणले विद्यालय समायोजन गर्न चासो नदेखाएको आरोप छ।