सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु


काठमाडौं ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

स्थानीय ६८ वर्षीय बुदुर चौधरीलाई ना.प्र.१–०१–००१ ख ४५६० नम्बरको बसले साइकलमै जाँदै गर्दा पछाडिबाट ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बस पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो भने चौधरी पनि पूर्वतर्फ साइकलमा जाँदै थिए।