काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले भदौ ४ देखि ८ गतेसम्म स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू बोलाएको छ।
महासचिव घनश्याम भुसालका अनुसार स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो बैठक भदौ ५ गते पार्टी केन्द्रीय कार्यालयमा, र केन्द्रीय कमिटी बैठक भदौ ८ गते सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछन्।
सबै बैठक बिहान ११ बजे सुरु हुनेछन्।











प्रतिक्रिया