काठमाडौं ।
सडक डिभिजन कार्यालय प्युठानले ठेक्का सम्झौता गर्न नआएको भन्दै लेकाली निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राख्न सिफारिस गरेको छ।
बिजुवार–बेलुवा सडकखण्डको ठेक्का पाएपछि पनि सम्झौता नगरेको र पाँचभन्दा बढी ठेक्कामा संलग्न भएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार कारबाही सिफारिस गरिएको हो। निर्माण सेवा सञ्चालक मल्लरानी गाउँपालिका–४ का सुनिल शाही हुन्।











प्रतिक्रिया