हेटौंडामा लागुऔषधसहित ४ युवा पक्राउ


काठमाडौं ।

मकवानपुर प्रहरीले लागू औषध ओसारपसार तथा कारोबारको आरोपमा हेटौंडाका दुई स्थानबाट ४ युवालाई पक्राउ गरेको छ। हेटौंडा–४ कमलडाँडाबाट ६.७२ ग्राम खैरो हेरोइनसहित दिलबहादुर सार्की र कुमार लो पक्राउ परेका छन्।

यस्तै, हेटौंडा–१० सिमाचोकस्थित पार्किङबाट मोटरसाइकलमा बसिरहेका विशाल पौडेल र पाल्डुव लामालाई १५ बोत्तल ओनरेक्ससहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई अदालतको अनुमति लिएर प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।