बुढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजना निर्माणमा साढे ५२ अर्ब ऋण सुनिश्चित


काठमाडौं ।

नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी सुनिश्चित भएको छ। टाइम्स इनर्जीद्वारा प्रवर्द्धित आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा लगानी गर्ने भएका हुन्। आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ।

साहस ऊर्जा लिमिटेडले टाइम्स इनर्जीको ५१५ सेयर लिएर परियोजना प्रवर्द्धन गरिरहेको छ। आयोजनाबाट वार्षिक १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ भने निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्ने अनुमान छ। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ।

सरकार र निजी क्षेत्रका नेताहरूले यो आयोजना समयमै सम्पन्न हुने र नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेका छन्।