रक्षाबन्धन र जनै पूर्णिमा आज, देशभर पूजा, स्नान र मेलाको रौनक


काठमाडौँ ।

आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व धुमधामका साथ मनाइँदैछ। वैदिक सनातन परम्परा अनुसार बिहानै नदी, ताल, पोखरीमा स्नान गरी पुरोहितबाट मन्त्रसहित रक्षासूत्र बाँध्ने र तागाधारीहरूले नयाँ जनै फेर्ने चलन रहेको छ।

ऋषितर्पणी पर्वअन्तर्गत अरुन्धतीसहित आठ ऋषिको पूजा तथा तर्पण गरिन्छ। यसै दिन क्वाँटी खाने परम्परासमेत छ, जसले स्वास्थ्यमा लाभ पुर्‍याउने धार्मिक र आयुर्वेदिक मान्यता छ।

तराई क्षेत्रमा दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर प्रेम र स्नेहको सम्बन्ध प्रकट गर्छन्। पशुपतिनाथ, गोसाइँकुण्ड, कुम्भेश्वर, जनकपुरधामलगायतका तीर्थस्थलमा आज विशेष मेला लागेको छ।