सप्तरीको महादेवाबाट करीव चार सय के.जी. गाँजा बरामद


काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले साउन २३ गते करीव ३ सय ९७ के.जी.गाँजा बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट बरामद गरेको हो । महादेवा पोखैर नहरको झाडीमा बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले १७ वटा पोकामा राखेको गाँजा फेला पारेको हो ।

त्यस्तै बारा जिल्लाको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट साउन २३ गते करीव ३२ के।जी। गाँजा बरामद भएको छ ।

साईकलमा लोड गरी बेवारिसे अवस्थामा राखेको ४ प्याकेट गाँजा सशस्त्र प्रहरी बल सुरक्षा बेश तेलकुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।