काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१|८२ मा १७ अर्ब ४६ करोड रुपियाँ बराबरको विद्युत् निर्यात गरेको छ ।
प्राधिकरणका अनुसार भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख रुपियाँ बराबरको विद्युत् बिक्री गरिएको हो ।
बंगलादेशलाई प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । उता, सोही वर्षमा भारतबाट करिब १२ अर्ब ९२ करोड रुपियाँ बराबरको बिजुली आयात भएको छ । नेपाल सन् २०२१ नोभेम्बर (२०७८ कात्तिक) देखि भारतमा विद्युत् निर्यात गर्न थालेको हो ।
शुुरूमा ३९ मेगावाटको अनुमति पाएको नेपालले हाल ९४१ मेगावाटसम्म निर्यात गर्न सक्ने बनिसकेको छ । हाल नेपालले दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् भारतका विभिन्न राज्यमा पठाइरहेको छ ।
भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत बंगलादेशमा पनि विद्युत् आपूर्ति भइरहेको छ । नेपालले २०८०÷८१ देखि खुद विद्युत् निर्यातकर्ता राष्ट्रको रूपमा दरिएको छ ।











प्रतिक्रिया