एएफसी यु-२० महिला छनोट: साउदी अरेबियाविरुद्ध नेपालको चुनौती


काठमाडौं ।

एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले आज बलियो टोली साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। भुटानको थिम्पुमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ।

पहिलो खेलमा नेपाल र आयोजक भूटान एक–एक गोलको बराबरीमा रोकिएपछि दुबै टोलीले १–१ अंक बटुलेका छन्। छनोट समूह ‘ए’ मा नेपाल, भूटान, साउदी अरेबिया र पूर्व विजेता उत्तर कोरिया रहेका छन्।

८ समूहमा विभाजित ३२ टोलीहरूमध्ये समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने यु–२० महिला एशियन कपमा स्थान बनाउनेछन्। साथै, तीन उत्कृष्ट उपविजेताले पनि थाइल्यान्ड यात्रा तय गर्नेछन्।