कास्की ।
अभिनेता पल शाह पोखरा झुल्किए। उनको यो उपस्थिति खास थियो। उनी आफैँले अभिनय गरेको फिल्म मोहरको प्रवद्र्धनका लागि पोखरा आइपुगेका थिए। उनका साथमा आएको टोलीले पोखरामा मोहर साँझ गर्यो। जहाँ अभिनेता पल शाहले आफनो प्रस्तुति दिए। उनको उपस्थितिले आम सर्वसाधारणमा उत्साह देखिएको थियो।
मोहर साँझमा शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारको समेत प्रस्तुतिले सो मनोरञ्जक सा“झमा सहभागी दर्शक झुम्मिए। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बन्यो। नायक पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे। स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो। जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ।
आज शुक्रवारबाट रिलिजमा आउने मोहरको कथावस्तु, प्रस्तुति र कलाकारको समर्पणले नेपाली फिल्ममा नयाँ स्वाद दिने विश्वास गरिएको छ। फिल्म प्रवद्र्धनको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ।
मोहरको कथा पश्चिम नेपालका ग्रामीण परिवेश, सामाजिक द्वन्द्व, प्रेम र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ। फिल्ममा सांगीतिक भावनालाई जीवनकथासँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहको भनाइ थियो। फिल्ममा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मानजस्ता गम्भीर विषयहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। यसले विशेष गरी युवापुस्ता र ग्रामीण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।
पोखरामा आयोजित सो कार्यक्रममा पल शाहले दर्शकलाई धन्यवाद दि“दै मोहर आप्mनो करियरको विशेष फिल्ममध्ये एक भएको जनाए। फिल्मको विषयवस्तुस“ग आफू निक्कै नजिक भएको र यसको कथाले दर्शकको मन छुने विश्वास उनको छ। गायक थानेश्वर गौतमले मोहरको गीत दर्शकलाई सुनाए।
फिल्म लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै मोहरमा समावेश अन्य गीतसमेत लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा फिल्मले राम्रो स्थान बनाउने विश्वास गरिएको छ। ओम प्रतीकको कथा र निर्देशन रहेको मोहरमा पलस“गै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबीलगायतका कलाकारको अभिनय छ। फिल्म फिल्ममेकर प्रालिको ब्यानरमा चुम्बनजंग शाहीले गरेका हुन्।












प्रतिक्रिया