काठमाडौं ।
बिपी राजमार्गको पुनर्निर्माण कार्य जापान सरकारको २.६१ अर्ब र नेपाल सरकारको ८ अर्ब रुपैयाँ लगानीमा तीव्र गतिमा अघि बढिरहेको छ। तर, विज्ञहरूका अनुसार रोसीखोला क्षेत्रका अव्यवस्थित खानी र क्रसर उद्योगले राजमार्गको दीर्घकालीन स्थायित्वमा खतरा उत्पन्न गरेको छ।
गत असोजको बाढीले सडक बगाएको थियो, जसको मुख्य कारण खोलाको सतह उठ्नु हो। भूविज्ञ र इन्जिनियरहरूले वैज्ञानिक आधारमा उत्खनन गर्न र बायो इन्जिनियरिङ प्रविधि अपनाउन सुझाव दिएका छन्।
सडक विभागका अनुसार भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किमी सडक चार खण्डमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ। तीन खण्डको ठेक्का भइसकेको छ भने एक खण्ड जाइकाको अनुदानमा बन्नेछ।
विज्ञहरूले पुनर्निर्माणसँगै खानी र क्रसरको उचित व्यवस्थापन नगरे दीर्घकालीन रूपमा पुनः जोखिम बढ्ने चेतावनी दिएका छन्।












प्रतिक्रिया