“हिरासतमा रहेका चक्रे मिलनमाथि भक्तपुरमा पनि मुद्दा चल्ने”


काठमाडौं ।

काठमाडौं प्रहरी हिरासतमा रहेका मिलन गुरुङ उर्फ चक्रे मिलनमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्न लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, २०८१ भदौ १० गते भक्तपुरको सानोठीमीस्थित एक रेस्टुरेन्टमा मनिष रायमाझीमाथि भएको खुकुरी आक्रमणमा चक्रे मिलन र उनको समूह संलग्न रहेको आरोप छ।

घटनामा संलग्न भन्दै अजित खवास पक्राउ परेका थिए। तर, तीन पुस्ते विवरण नखुलेको र चक्रे मिलन फरार भएकाले उनलाई प्रतिवादी बनाइएको थिएन। अहिले भने पीडितले सनाखत गर्ने तयारी भइरहेको छ।

यसअघि सरकारी वकिल कार्यालयले चक्रे मिलनलाई अभियोगपत्रमा नसमेटी मुद्दा दायर गरेको थियो। हाल चक्रे मिलनसहित १९ जना अभद्र व्यवहारको अभियोगमा काठमाडौं प्रहरी हिरासतमा छन्।