काठमाडौं।
लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले भारतका ३५ वर्षीय फिरोज अहमद र ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेललाई पक्राउ गरेको हो।
फिरोज १७ साउनमा लाओसबाट बैंकक हुँदै काठमाडौं आइपुगेका थिए। उनलाई त्रिभुवन विमानस्थलको अराइभल एरियाबाट ४ किलो हेरोइनसहित नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ।
पछिल्लो अनुसन्धानका क्रममा मौलिस्वरनको संलग्नता देखिएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। दुबैजना एउटै गिरोहसँग संलग्न रहेको प्रारम्भिक अनुमान गरिएको छ।
ब्यूरोका अनुसार बरामद गरिएको हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं रुपैयाँ पर्नेछ।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया