बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त


काठमाडौँ।

बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री बानियाँको पद तथा गोपनियताको शपथ दिउँसो ३ बजेको लागि तय भएको छ ।