“कुलिङ अफ पिरियड विवाद: खतिवडाको जवाफ– दोषी कि नैतिक जिम्मेवार?”


काठमाडौँ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी गडबडीबारे संसदीय छानबिन समितिले आफ्नो भूमिकाबारे दोष देखाएको हो कि केवल नैतिक जिम्मेवारी मात्रै तोकेको भन्ने प्रष्ट भएपछि मात्र आफूले निर्णय लिने बताएका छन्।

खतिवडाले आफू सुरु देखिनै ‘कुलिङ अफ पिरियड’ राख्नुपर्ने पक्षमा रहेको दाबी गर्दै, उल्टै छानबिन समितिलाई आफूले कहिले त्यसको विपक्षमा बोलेको हो भनेर देखाउन चुनौती दिएका छन्।

प्रतिवेदनमा आफूले हस्ताक्षर गरे पनि त्यो लेख्नेजिम्मा आफ्नो नभएको बताउँदै, प्रतिनिधिसभाले पास गरेकाले त्यसको पनि जिम्मेवारी हुने खतिवडाको भनाइ छ।

उक्त प्रकरणमा के कदम चाल्ने भन्ने निर्णय प्रतिवेदन अध्ययन र नेतासँगको सल्लाहपछि हुने उनले बताएका छन्।