काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा पीडित पुनः भेटघाट कार्यक्रम (Victim Revisit Program) सम्पन्न गरिएको छ। कार्यक्रममा पहिले अपराधबाट पीडित व्यक्तिहरूसँग पुनः सम्पर्क गरी उनीहरूको हालको अवस्था, सुरक्षाको अवस्था र न्याय प्राप्तिको अनुभवबारे जानकारी लिइएको थियो।
यस कार्यक्रमले प्रहरी र समुदायबीचको विश्वास बढाउनुका साथै पीडितप्रति प्रहरीको उत्तरदायित्व र समर्पणलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
प्रहरी कार्यालयका अनुसार यस्तो कार्यक्रमले पीडितहरूको मनोबल वृद्धि गर्नुका साथै उनीहरूको समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ।












प्रतिक्रिया