काठमाडौँ ।
हाल देशभर मनसुन सक्रिय रहँदा अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा तराईमा रहेकाले लुम्बिनी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र महाकाली नदी सतर्कता आसपास छन् भने कोशी, नारायणी, बागमती, कमला, राप्ती, बबई, कन्काई लगायतका नदीहरू सामान्य अवस्थामा छन्।
तर, मंगलबार काभ्रे, मकवानपुर, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। साथै, देशका अन्य धेरै जिल्लामा मध्यम जोखिमको सम्भावना पनि पूर्वानुमान गरिएको छ। सतर्कता अपनाउन आग्रह गरिएको छ।













प्रतिक्रिया