काठमाडौँ ।
नेपाल ब्रोडकास्टिङ च्यानल (NBC) लिमिटेडले नेपाल न्यूज पब्लिकेसन्स प्रालिमार्फत छापा पत्रकारितामा पनि पाइला चालेको छ। मंगलबारदेखि “न्यूज २४ दैनिक” औपचारिक रूपमा प्रकाशनमा आएको हो।
NBC अध्यक्ष अनिल जोशीले टेलिभिजन पत्रकारिताको अनुभवलाई अब छापा माध्यममा पनि विस्तार गर्न खोजिएको बताए। कार्यकारी निर्देशक अदिस जोशीले यस निर्णयले नेपालको सञ्चार क्षेत्रमा नयाँ योगदान दिने विश्वास व्यक्त गरे।
न्यूज २४ दैनिकको प्रधानसम्पादकमा चार दशकको अनुभव भएका तीर्थ कोइराला नियुक्त भएका छन्। व्यवस्थापन समूहले छापा संस्करण पनि टेलिभिजनजस्तै प्रभावकारी र लोकप्रिय हुने आशा राखेको छ।











प्रतिक्रिया