सप्तकोशी बाढी जोखिममा, उदयपुरका धेरै गाउँ डुबानको खतरा


काठमाडौं ।

लगातार तीन दिनदेखि भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बेलका–२, ३, ६, ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँहरूमा नदी कटान र बाढीको जोखिम बढ्दै गएको छ।

सप्तकोशी नदी किनारमा रहेका गाउँहरू कटानको जोखिममा परेका छन्। यस विषयमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा टोलीले स्थलगत अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरेका छन्।

जिल्ला प्रशासन कार्यालय उदयपुरले पनि बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय जनतालाई सुरक्षित स्थानमा बस्न र सतर्क हुन आग्रह गरेको छ। यसका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार तथा राहतका लागि पूर्ण तयारी अवस्थामा राखिएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायहरूले तत्काल जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।