उदयपुर ।
त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किकाहरुलाई स्वरोजगार बनाउन प्रविधी हस्तान्तरण गरेको छ ।
त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०८१।८२ को बैदेशिक रोजगारबाट फर्किका व्यक्तिहरुको पुनः एकीकरण कार्यक्रम अन्तरगत स्वरोजगारमूलक व्यवसाय गर्न विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।
नगपालिकामा रहेर विभिन्न पेशा तथा व्यवासाय गर्ने १४ जना बैदेशिक रोजगारीबाट फर्किकाहरुलाई पानी तान्ने मोटर, जस्तापाता, ड्रिल मेसिन, च्यापकटर, डिप फ्रिज, काठ चिरान मेसिन, प्लाष्टिक टनेल लगाएतका समाग्री हस्तान्तरण गरेको त्रियुगा नगरपालिका रोजगार शाखाका प्रमुख निशा घलेले जानकारी दिनु भयो ।
उक्त समाग्रीहरु आज एक समारोह विच कार्यवाहक नगर प्रमुख महेश्वरी राईले हस्तान्तरण गर्नु भएको छ । सामाग्री हस्तान्तरण गर्दै का बा नगरप्रमुख राईले नगरपालिकाले प्रदान गरेका सामाग्रीले स्वरोजगार मूलक व्यवसाय गर्नको लागि ठूलो सहयोग हुने विश्वास व्यक्त गर्नु भयो ।











प्रतिक्रिया