काठमाण्डौं।
गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान ९ बजे मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिको बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संसदीय मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधेयक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले उक्त विषयमा अध्ययन गरिरहनेका साथै विधेयकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीहरुसित सरसल्लाह समेत गरिरहनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।











प्रतिक्रिया