काठमाडौं ।
नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई विशेष परिस्थितिमा कानुनी रुपमा मान्यता दिन सकिने सरकारको सम्भावित प्रस्तावबारे संसदलाई जानकारी दिन आग्रह गरेकी छिन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले यस्तो संवेदनशील विषयमा स्पष्ट धारणा दिनु जरुरी भएको बताइन्। उनले बहुविवाह नेपाली समाजमा असामाजिक मात्र नभई कानुनी रूपमा पनि गैरकानुनी रहेको भन्दै संसदमा बहस आवश्यक रहेको तर्क गरिन्।
बरालको भनिन् , “बहुविवाहलाई कानुनी मान्यता दिने सन्देश बाहिर गइरहेको छ, जुन आम जनताको चासोको विषय बनेको छ। यदि यस्तो कानुन संशोधनको तयारी भइरहेको हो भने कानुन मन्त्रालयले सदनमा आएर जवाफ दिनुपर्छ।”
उनले बहुविवाह जस्तो विषयमा कानुन संशोधन गर्दा सामाजिक मूल्य–मान्यता, सार्वजनिक धारणा र न्यायप्रणालीको सम्मान गरिनु पर्ने उल्लेख गरिन्।











प्रतिक्रिया