काठमाडौं ।
नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा सोमबार बिहान काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै रिमालको योगदानलाई स्मरणीय बताउँदै श्रद्धाञ्जली अर्पण गरेको छ।
गाउँकार्यपालिकाको निर्णयअनुसार सोमबार तारकेश्वर क्षेत्रमा रहेका सबै सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
साथै, कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।












प्रतिक्रिया