कार्यक्रममा पत्रकारलाई बोलाएर दुव्र्यवहार

5.64k
Shares



उदयपुर ।

कार्यक्रममा समाचार संकलनकालागि पत्रसहित निम्ता गरेर राष्ट्रिय स्वतन्त्र पाटीकी एक नेतृले सो पाटीको त्रियुगा नगर प्रथम अधिवेसनको समाचार संकलन गर्न गएका पत्रकार राकेश नेपाली उपर दुव्र्यवहार गरेकी छन् ।

शनिबार बिहान १० बजे रास्वपाको नगर अधिवेसन कार्यक्रम स्थल त्रियुगा नगरपालिका वडा नं ३ स्थित होटल एमपायर इनन मा समाचार संकलन गर्न पुगेका राकेश नेपालीले आफ्नो परिचय दिएर फोटो खिच्न लाग्दा सुनसरीको धरानकी कथित रास्वपाकी नेतृ भनिएकी सरिन तामाङले फोटो खिच्न नदिई अवरोध गरेको र क्यामरा खोस्ने काम गरेर समाचार संकलनमा बाधा गरेकी थिइन ।

आफू जस्तो जान्ने बुझ्ने र ठूलो नेता कोही छैन भन्ने अहमता प्रकट गरी फोटो खिच्न नदिएको हुँदा पत्रकार राकेश नेपाली समाचार संकलन नगरी घरतिर फर्किएका थिए । विविध कारणले समाचार संकलनमा अन्य पत्रकारहरु नगएको सो नगर अधिवेसनमा राकेश नेपाली मात्र गएका थिए ।

प्रेस सेन्टर नेपालमा आवद्ध रहेका नेपाली उपर भएको दुव्र्यव्यवहारका विरुद्धमा नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटी, नेपाल पत्रकार महासंघ उदयपर जिल्ला कमिटीले र प्रेस स्न्टर नेपाल उदयपुर जिल्ला कमिटीले अलग अलग विज्ञप्ती निकालेर सो घटनाको घोर निन्दा र भत्र्सना गर्दै दोषी उपर कडा कार्वाही गर्न माग गरिएको छ ।