प्रतिनिधिसभाको बैठक आज, संवैधानिक परिषद् विधेयक मुख्य एजेन्डा


काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ को संशोधन विधेयकबारे सन्देश पेस गरिनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक संविधानको मर्म, लोकतान्त्रिक मूल्य र विश्वव्यापी अभ्यास विपरीत भएको भन्दै पाँच आधार प्रस्तुत गर्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

बैठकमा सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन पेस हुने, राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयकमाथि विचार गर्ने र विश्व व्यापार संगठनको मत्स्य उद्योगसम्बन्धी सम्झौता अनुमोदन प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा छ।