काठमाडौँ ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक रहेकाले देशभर आकाश पूर्णतया बदली छ।
कोशी, मधेस र सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।











प्रतिक्रिया