काठमाडौँ।
तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रु वाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै ग २ ख १०७७ नम्बरको बस सडकबाट तल खसेको हो।
गोरखाबाट नारायणगढ जाँदै गरेको उक्त बस दुर्घटनामा परी पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।











प्रतिक्रिया