काठमाडौं ।
संघीय निजामती सेवा विधेयकको दफा ८२ मा समेटिएको ‘कुलिङ अफ पिरियड’ को प्रावधानमा भएको हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति सोमबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारीमा छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा विधेयकमा राखिएको प्रावधानलाई निष्क्रिय बनाउन नियोजित रूपमा गोलमाल गरिएको निष्कर्ष विशेष समितिले निकालेको छ। समितिले कस–कसको संलग्नता थियो र कसरी कारबाही सिफारिस गर्ने भन्नेबारे प्रतिवेदनमार्फत स्पष्ट किटान गर्ने तयारी गरेको छ।
समिति कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठन गरिएको हो भने सात सदस्यीय समितिलाई २८ दिनको समय दिइएको थियो।











प्रतिक्रिया