माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्दैछ।

साउन १६ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

शनिबारको बैठकमा २४ जनाले धारणा राखेका थिए भने बाँकी सदस्यले आज आफ्नो भनाइ राख्नेछन्। नेताहरूलाई धारणा राख्न १०–१५ मिनेटको समय तोकिएको छ। बैठकमा पार्टीभित्र विधि, पद्धति र प्रक्रियाको कडाइका साथ पालना गर्न सुझाव दिइएको छ।