काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि लामामाथि राजीनामाको दबाव बढेको थियो।
प्रदेश प्रमुख काठमाडौंमा उपचारपछि हेटौंडा फर्किएसँगै लामाले राजीनामा बुझाउने छन्। नफर्किएमा कार्यालयमै पत्र दर्ता गरिने छ। अब नयाँ मुख्यमन्त्री कांग्रेस नेता इन्द्र बानियाँ बन्ने छन्।
सत्तासाझेदार नेकपा एमालेसँग भएको सहमतिअनुसार बानियाँले ८ महिना सरकार सञ्चालन गरी फागुनमा नेतृत्व एमालेलाई हस्तान्तरण गर्ने बताइएको छ।
लामाले मन्त्री नियुक्त गरेका तीनजनालाई सपथ गराउने र सरकार बानियाँ पक्षसँग सहमतिमा चलाउने सर्तमा राजीनामा दिन तयार भएका हुन्।











प्रतिक्रिया