संखुवासभा ।
संखुवासभा र तेह्रथुमको सिमनामा रहेको टुटे देउरालीमा यात्रुबस दुर्घटना हुदा १४ यात्रु घाईते भएका छन ।
संखुवासभाको धर्मदेवि नगरपालिका -९ मुलगाउवाट आज विहान झापाको दमक तर्फ जादै गरेको बा २ ख ७२४४ नम्वरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते १४ जनाको बसन्तपुर अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि घाईते हुनेमा धर्मदेवि ९ का सविन विष्ट, असविन भारती, हिरा भारती , धर्मदेवि ६ का मनकुमार कटुवाल, श्रीमान तामाङ, सुजन कटुवाल, प्रतिमा तामाङ, सोममाया थायुम, धर्मदेवि ७ का बिष्णु कटुवाल, रत्नमाया कटुवाल, भवानी कार्की, धर्मदेवि १ का दलबहादुर कार्र्की, र महालक्ष्मी १ का विमल विक रहेका छन ।
दुर्घटनामा परि गंम्भिर घाईते असविन भारती र ज्ञान बहादुर कार्कीलाई थप उपचारकोलागी धरानको घोपा क्याप लगिएको छ । बस सडकबाट करिब २० मिटर तल खसेको थियो । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया