कुलिङ पिरियड विवादमा मानवीय त्रुटि र लापरबाही दुवै देखियो


काठमाडौं ।

कुलिङ पिरियडको प्रावधानमा गडबडी भएको विषयमा गठित संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा राखेको कुलिङ पिरियडको व्यवस्था निष्कृय हुने भाषामा प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको थियो।

समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू रहेका छन्। प्रारम्भिक प्रतिवेदनमा मानवीय त्रुटि र गम्भीर लापरबाही दुवै उल्लेख गरिएको छ। दोषीलाई सचेत गराउने सिफारिस गरिएको छ भने, अन्तिम प्रतिवेदन तयार गर्ने कार्य जारी छ। समितिले पर्सी बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।