रौतहटको बनाना रिसोर्टमा आगलागी, ४० लाख बराबरको क्षति


काठमाडौं ।

रौतहटको ईशनाथ नगरपालिका–२ स्थित जिल्लाकै पहिलो बनाना रिसोर्टमा शनिबार आगलागी भएको छ।

आगलागीले रिसोर्टका सबै सरसामान जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक राकेश गुप्ताले जानकारी दिए।

१५ लाख रुपैयाँका फर्निचर, फ्रिज, कृषि उपकरण, खाद्यान्न र इलेक्ट्रोनिक सामग्री तथा २५ लाख लागतमा बनेको संरचना पूर्ण रूपमा जलेको छ।

सुरक्षाकर्मी, स्थानीय, सशस्त्र प्रहरी र नगरपालिकाको मिनी दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो। विद्युत् सर्टबाट आगलागी भएको आशङ्का गरिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।