नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठकमा आजदेखि अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावमाथि नेताहरूले आ–आफ्नो धारणा राख्नेछन्।

प्रत्येक सदस्यलाई १०–१५ मिनेट समय दिइने र छलफलको आधारमा समय लम्बिन सक्ने जनाइएको छ। बैठकमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ दोस्रो सातापछि पुनः सुरु गर्ने बताएका छन्। साथै, समाजवादी मोर्चा, आन्तरिक एकता, र आगामी केन्द्रीय कमिटी बैठकबारे जानकारी गराएका थिए।

दाहालले पार्टीभित्रको अन्तरविरोध बाहिर सार्वजनिक हुनुमा असन्तुष्टि जनाउँदै यस्ता विवाद भविष्यमा बाहिर नलैजान चेतावनी दिएका छन्। उनले स्वार्थ समूह विघटनको प्रस्ताव पनि अघि सारेका छन्।