फास्ट ट्र्याकको प्रगति ४२.१३%, निर्माणमा ढिलाइ


काठमाडौँ ।

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम नेपाली सेनाको निगरानीमा अगाडि बढिरहेको छ।

राष्ट्रिय गौरवको यो आयोजनाको भौतिक प्रगति हालसम्म ४२.१३% पुगेको छ भने वित्तीय प्रगति ४४% रहेको छ।

२०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि नीतिगत जटिलता, भौगोलिक चुनौती र जग्गा अधिग्रहणका कारण निर्माणमा ढिलाइ भइरहेको छ। १३ मध्ये १२ प्याकेजमा काम भइरहेका छन्।