सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना


काठमाडौं ।

पछिल्लो तीन घण्टामा सिन्धुलीको मरिनखोला कुसुनटार, सिन्धुलीगढी र रामेछापको मन्थली एयरपोर्ट आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ बजे सूचना जारी गर्दै ग्वाङ खोला, मरिन खोला लगायतका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ।

विभागले ती खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।