काठमाडौं।
नेपालका प्रख्यात इन्जिनियर तथा इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन ई कुलरत्न तुलाधरको हुलाक टिकट प्रकाशन भएको छ ।
आधुनिक प्राविधिक शिक्षाको विकासका लागि समर्पित अग्रणी व्यक्तित्व ई कुलरत्न तुलाधरको योगदानको कदर गर्दै हुलाक सेवा विभागले मनेपालका शिक्षाविद्अन्तर्गत उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको हो । विभागमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त टिकटमा प्रथम दिवसिय टाँचा लगाएका थिए ।
नेपालमा इन्जिनियरिङ शिक्षाको संस्थागत विकासमा ऐतिहासिक योगदान गरेका ई तुलाधरले कलकत्ताबाट इन्जिनियरिङ डिग्री र सन् १९५५ मा बेलायतबाट ट्रपिकल आर्किटेक्टमा पोष्ट ग्राजुयट गरेका थिए । उनी सन् १९७३ मा इन्जिनियरिङ अध्ययन संस्थानको प्रथम डीनमा नियुक्त भएका थिए । त्यहाँ उनले चार वर्षसम्म डीनको भूमिका निर्वाह गरेका थिए ।

उनको नेतृत्वमा सन् १९७२ मा पुल्चोक इन्जिनियरिङ स्कुल र थापाथली टेक्निकल स्कुललाई एकीकृत गर्दै इन्जिनियरिङ अध्ययन संस्थानको औपचारिक स्थापना गरियो। आज उक्त संस्थान ३० भन्दा बढी कलेजहरूमा विस्तार भइसकेको छ।
इन्जिनियर मात्र नभई राष्ट्रसेवकका रूपमा पनि उनले उच्च योगदान दिएका थिए। उनी सन् १९५१ मा पब्लिक वर्क्स डिपार्टमेन्ट ९एध्म्० का प्रथम प्रमुख इन्जिनियर नियुक्त भए र त्रिभुवन राजपथको निर्माणमा सन् १९५३ देखि १९५६ सम्म नेतृत्व दिए, जसले भारतसँगको सडक सम्पर्क विस्तार गर्दै नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गर्यो । स्व। तुलाधरलाई सन् १९६२ मा बेलायतको प्रतिष्ठित पदक ‘अडर अर्डर अफ द ब्रिटिश एम्पाएर ९इद्यभ्०’, सन् १९६९ मा गोरखा दक्षिणबाहु प्रथम र सन् १९८३ मा त्रिशक्ति पट्ट द्वितिय पदक प्रदान गरिएको थियो।
हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा टाँचा प्रदान गरेपछि सञ्चारमन्त्री गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताए । हुलाक सेवा विभागले अहिलेसम्म जनकशिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको उनले बताए ।
बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजात मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने जानकारी दिंदै सञ्चारमन्त्री गुरुङले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालीनाली संरक्षण जरुरी रहेको बताए ।

विभागले ल्याएको नयाँ टिकटमा नेपालका जात्राअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दिरमा बालकुमारी मन्दिर (ठेचो ललितपुर) , सप्त देवल (दैलेख), कोटदेवि मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर (गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान् विष्णु कौडेना सर्लाही, बाह्रौं/तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्अन्तर्गत ई कुलरत्न तुलाधर, शङ्करदेव पन्त र पं ऋषिराम पन्थी गरी १४ टिकट रहेका छन् ।
कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक नेपाल हुलाक टिकट ९विसं १९३५–२०८२० पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको १९३५ सालदेखि २०८२ सालसम्म प्रकाशन भएका हुलाकका टिकटको विवरण उल्लेख छ ।











प्रतिक्रिया