काठमाडौं ।
आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदो खेतीलाई प्रोत्साहन गर्न सबै कृषकलाई आग्रह गर्नुभएको छ। मन्त्री अधिकारीले खाद्यान्न आयात कम गर्न र स्वास्थ्यकर जीवनशैली कायम गर्न कोदो उत्तम विकल्प भएको बताउनुभयो।
सरकारले कोदो खेती प्रवर्द्धन गर्न कार्यक्रम र बजेटसहित सहकार्य अघि बढाउने जानकारी दिँदै उहाँले सुख्खा र खडेरीका बेला पनि उत्पादनमा असर नपर्ने भएकाले कोदो महत्वपूर्ण बाली भएको उल्लेख गर्नुभयो। गत वर्ष २ लाख २५ हजार हेक्टरमा कोदो खेती भई ३ लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएकोमा यसवर्ष त्यो तथ्यांक बढाउने लक्ष्य लिएको जानकारी पनि उहाँले दिनुभयो।
धान उत्पादनमा सम्भावित गिरावटका कारण कोदो उत्पादनमा किसानलाई जोडिनुपर्ने उहाँको भनाइ थियो। साथै, मलको वितरण, सिँचाइ प्रवन्ध, र धानको वैकल्पिक जातबारे पनि जानकारी दिँदै मन्त्री अधिकारीले हालै सम्पन्न अन्तर्राष्ट्रिय कृषि सम्मेलनमा जलवायु संकट, खाद्य सुरक्षा र वैकल्पिक खेतीबारे महत्त्वपूर्ण छलफल भएको जानकारी दिनुभयो।











प्रतिक्रिया