आज संसदका चार समिति सक्रिय,विधेयक र परियोजनामा छलफल


काठमाडौं ।

संघीय संसदअन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२:३० बजे ‘भूमिसम्बन्धी ऐन संशोधन विधेयक, २०८२’ माथि छलफल गर्न बस्नेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २:३० बजे ‘मिडिया काउन्सिल विधेयक, २०८०’ मा दफावार छलफल गर्नेछ।

विधायन व्यवस्थापन समितिले दिउँसो १ बजे ‘जलस्रोत विधेयक, २०८१’ माथि छलफल गर्नेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बोलाइएको छ, जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति र समस्यामा छलफल हुने बताइएको छ।