रुपन्देही–३ उपनिर्वाचन : दल दर्ता साउन २१ देखि


काठमाडौं ।

निर्वाचन आयोगले कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि साउन २१ देखि २७ गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ ।

आयोगले आज सूचना जारी गर्दै आयोगमा दर्ता भएका राजनीतिक दलहरुले साउन २१ गतेदेखि काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालयमा दर्ता गराउन सक्ने जानकारी दिएको हो ।

२०७९ को निर्वाचनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । बोहराको निधनपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।