काठमाडौं ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक डोमेन तथा उप-डोमेन (तेस्रो पक्षका सेवाबाहेक) मार्फत सर्वसाधारणलाई प्रदान गरिरहेको अनलाइन सेवाहरू नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) र एनसेल आजियाटा लिमिटेड (Ncell) मार्फत अब Zero Balance हुँदा पनि नि:शुल्क प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।
यो सुविधाले जनतालाई प्रहरी सेवामा अझ सहज पहुँच पुर्याउने विश्वास लिइएको छ। सेवा उपयोग गर्दा इन्टरनेट डाटा नभएपनि नेपाल प्रहरीको वेबसाइट तथा सम्बन्धित अनलाइन सेवा सहजै पहुँचयोग्य हुनेछन्।












प्रतिक्रिया