काठमाडौं ।
देशभर जारी लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले सात मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने पाँच राजमार्ग एकतर्फी सञ्चालनमा छन्।
नेपाल प्रहरीको बिहीबार बिहान १०:२० बजेसम्मको अद्यावधिक विवरणअनुसार, रसुवामा मितेरी पुल बगाउँदा नेपाल–चीन आवागमन ठप्प भएको छ। पासाङल्हामु, अरनिको, कोसी, कालिगण्डकी, भेरी र शहीद राजमार्गका विभिन्न खण्डहरू पनि पूर्ण रूपमा अवरुद्ध छन्।
प्रहरीले जनताको सुरक्षाका लागि सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।












प्रतिक्रिया