सुन र चाँदीको मूल्य घट्यो


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँ पुगेको छ।

बुधबार यो मूल्य १ लाख ९४ हजार ४०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला २,२७० रुपैयाँमा कारोबार भइरहेको छ।