काठमाडौं ।
आज बिहीबार संघीय संसदका पाँच संसदीय समिति बैठक बस्दैछन्। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११: ३० बजे बस्दैछ, जहाँ भूमिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ।
त्यसपछि दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समिति र कृषि समितिको संयुक्त बैठक बस्दैछ, जसमा मानव अधिकार कार्ययोजना र कानुन व्यवसायी परिषद् संशोधन विधेयकमाथि छलफल हुनेछ।
राष्ट्रियसभाको सुशासन समितिको बैठक बिहान ११:३० बजे मधेसलगायत क्षेत्रको खानेपानी समस्याबारे छलफल गर्दैछ। राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रगति र समस्या विषयमा छलफल गर्दैछ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजे जलस्रोत विधेयकमाथि दफावार छलफल गर्ने कार्यक्रम छ।











प्रतिक्रिया