मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै


काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिँदैछन्।

नागरिक उन्मुक्ति पार्टीले मन्त्री बर्खास्तीको विरोधमा असार २० गते समर्थन फिर्ता गरेपछि शाहले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ मत आवश्यक छ। कांग्रेस ९१८० र एमाले ९११० सँग मिलेर बहुमत पुग्ने अनुमान छ। माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी विपक्षमा छन्। एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदको समर्थन निर्णायक बन्न सक्छ।