देशभर मनसुनी प्रभाव, साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमाडौं ।

देशभर हाल मनसुनी वायुले प्रभाव जमाएको छ। विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने केही पहाडी क्षेत्रहरूमा मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती लगायतका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

तर दोलखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, रामेछाप, काठमाडौँ उपत्यकाका जिल्ला तथा कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ। सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।