सदस्यता अभियान २०८२ सुरु : नेपाल प्रेस युनियन


काठमाडौं ।

नेपाल प्रेस युनियनले सदस्यता अभियान २०८२ को शुभारम्भ गरेको छ। काठमाडौंको कार्निभल रेस्ट्रो, बिजुली बजारमा आयोजित कार्यक्रममा अभियान सुरु गरिएको हो। कार्यक्रम दिउँसो २ बजे सुरु हुने भएको हो ।

कार्यक्रमको आयोजना नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको हो। पत्रकारहरूको हित र संगठन सुदृढ बनाउने उद्देश्यका साथ यो सदस्यता अभियान सञ्चालन गरिएको युनियनले जनाएको छ।